

यस्ता छन् कुमारी बैंकको मुख्य तथ्यांकहरू, ३१ सय कर्मचारीले दिन्छन् २६ लाखलाई सेवा




काठमाडौं । नेपाली बैंक वित्तीय क्षेत्रमा कुमारी बैंकको आफ्नो छुट्टै पहिचान र विषेशता छ । विभिन्न समयमा बैंक वित्तीय संस्थाहरुको नामकै विषयलाई जोडेर पनि अनकौ चर्चा परिचर्चा हुने गर्छ । नामकै हिसाबले हेर्दा पनि ऐतिहासी, पौराणीक, धार्मीक र जिवितदेवी कुमारीको नाम राख्नुले बैंकको सौन्दर्य अझै झल्काएको प्रष्ट हुन्छ । कारण, राजधानी काठमाडौंमा जिवित देवी कुमारी (लिभिङ्ग गणेश-कुमारी-इन्द्र जात्रा) को पुजा आधारना हुने गर्छ र यही थलोमा स्थापित छ कुमारी बैंकको केन्द्रिय कार्यालय ।
देवी कुमारीलाई विभिन्न शुभ संकेतको रुपमा लिइने गरेको बेलामा आर्थिक पक्षसँग पनि कुमारी जोडिन्छिन् । धन,दौलतका लागि र आफ्नो विपन्नता हटोस्, परिवारमा खुसी, समृद्धि छाओस् भनेर नै देवी-देवता ढोग्ने र भाक्ने नेपाली परम्परा विद्यमान नै छ । ठीक यही बेलामा आर्थिक र धार्मिक दृष्टिकोणलाई समेत मध्यनजर गरेर कुमारी बैंकको (न्वारन) नामाकरण भएको हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ ।
आज हामीले कुमारी बैंकको नामको विषयमा भन्दा पनि उसले गरेका मुख्य वित्तीय सूचांकहरुको खोजी गरेका छौं ।
विभिन्न बैंकहरुका बिचमा आफूलाई प्रतिस्पर्धामा उतार्ने मात्र नभई आफ्नो सबलता कायम राख्नु कुनै पनि बैंक वित्तय क्षेत्रको दैनिक चुनौती हो । यस्तै बेलामा हामीले उदाहरणको रुपमा कुमारी बैंकलाई लिएका छौं ।
सर्वप्रथम शाखा संजालकै कुरा गर्दा कुमारी बैंकले हाल ३ सय २ शाखामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरि रहेको छ । त्यस्तै, ५० एक्सटेन्स काउन्टर र ३ सय १८ वटा एटीएम रहेको तथ्यांकमा देखिन्छ ।
सोही संरचनाहरुको प्रयोग गर्दै बैंकले २६ लाखभन्दा धेरै ग्राहकहरुलाई सेवा दिइरहेको र उक्त सेवा ३१ सय भन्दा बढी कर्मचारीहरुबाट सम्भव भएको अवस्था छ ।
यता, हाल बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने कुल सम्पत्ती ४ खर्ब ९ अर्ब रुपैयाँ रहेको बेलामा निपेक्ष ३ खर्ब ६० अर्ब रहेको तथ्यांकमा देखिन्छ भने बैंकले २ अर्ब ९४ अर्ब कर्जा प्रवाह गरेको छ ।
पुँजी पर्याप्तता अनुपात ११ दशमलव ४२ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड भने ५ दशमलव ४० प्रतिशत रहेको छ ।
आधार दरको हिसाबमा बैंकमा ६ दशमलव ८५ प्रतिशत रहेको देखिन्छ । स्प्रेड दर भने ३ दशमलव ९५ प्रतिशत रहेको छ । बैंकको बजार पुँजिकरण ५४ अर्ब ६५ अर्ब रुपैयाँ रहेको छ ।
पछिल्लो समय वित्तीय साक्षारतामा समेत बैंकले योगदान पुर्याएको अवस्था छ ।
बैंक वित्तीय संस्थाहरुको आथिंक सूचकहरुलाई नै मुख्य (प्यारामिटर) मापनयन्त्रको रुपमा लिदै सोही आधारमा ग्राहक, सेयरधनीहरु तथा सरोकारवालाहरुले मोटा रकमका आर्थिक कारोबार गर्नेदेखि अनवरत विश्वास गर्ने वातावरण कायम हुने गरेका छन् ।