
सानिमा रिलायन्स लाइफको नयाँ बोनस दर बजारमा, प्रतिहजार ७५ रुपैयाँसम्म तोकियो



काठमाडौं । सानिमा रिलायन्स लाइफले आर्थिक वर्ष २०७९।८० को बोनसदर सार्वजनिक गरेको छ भनेअब बीमितले अधिकतम् ७५ रुपैयाँसम्म बीमितले बोनस प्राप्त गर्ने छन्।
कम्पनीले आर्थिक वर्ष २०७९।८० मा आधारित बोनसदर गएको हप्ता नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भएको जनाएको छ। अब बीमितहरुले सावधिक जीवन बीमामा न्यूनतम्३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ प्राप्त गर्नेछन् ।
यता, सावधिक जीवन बीमा एकल बीमामा न्यूनतम ३५ रुपैयाँदेखि ६५ रुपैयाँ तोकिएको छ भने त्रिपल सावधिक जीवन बीमा पोलिसीमा न्यूनतम् २० रुपैयाँदेखि अधिकतम् ३० रुपैयाँ तोकिएको छ। कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर अनुसार दम्पत्ति सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँ देखि अधिकतम ३० रुपैयाँ, सावधिक तथा आजिवन बीमा पोलिसी दीर्घायु र धनसंचय पोलिसीमा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म बोनस पाइने भएको हो ।

