

बजारमा तरलता फालाफाल भएपछि आइतबार राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्दै




काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत बजारबाट २५ अर्ब रुपैयाँ तान्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
उक्त रकमको साँवा र ब्याज भुक्तानी मिति वैशाख ७ गतेलाई तोकिएको छ । ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।