

कुलमानको रिटमा कारण देखाऊ आदेश, दुवै पक्षलाई छलफलका लागि चैत १७ गते बोलाइयो




काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।
घिसिङले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गर्ने सरकारको निर्णविरुद्ध पुनस्थापनाको माग गर्दै रिट निवेदन दर्ता गरेका थिए । त्यस्तै नवनियुक्त शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएको र उनी पदको हकदार नभएको रिट दर्ता गरेका थिए ।
अदालतले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई छलफलका लागि यही चैत १७ गते बोलाएको छ ।