

कुलमानलाई सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश




काठमाडौं । सर्वोच्च अदालतले विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानले घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।
प्रारम्भिक सुनुवाइका क्रममा घिसिङका कानुन व्यवसायीहरुले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउनुपर्ने अन्तरिम आदेशको माग गरेका थिए ।
आइतबार यी दुवै मुद्दा सँगै राखेर हेरिने बताइएको छ ।
घिसिङ र शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आजदेखि प्रारम्भिक सुनुवाइ सुरू भएको हो ।
घिसिङले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्थापनाको माग गरेका छन् भने नवनियुक्त शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएको र उनी पदको हकदार नभएको रिट निवेदनमा उल्लेख गरेका छन् ।