
नबिल बैंकको कामु सीईओमा ज्ञवाली नियुक्त, ढुंगानाको राजीनामा स्वीकृत



काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाको राजीनामा स्वीकृत भएको छ ।
बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गर्दै गरेको हो । साथै हाल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका मनोजकुमार ज्ञवालीलाई कायममुकायम सीईओमा नियुक्त गरेको छ ।
गभर्नरमा प्रतिस्पर्धा गर्न ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए ।

