

ग्लोवल मनि विकको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विभिन्न कार्यक्रम सञ्चालन




काठमाडौं । राष्ट्र बैंकको संयोजनमा यही चैत ४ देखि १० गतेसम्म आयोजित ग्लोवल मनि विकको अवसरमा यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यस अवसरमा सातै प्रदेशमा रहेका यस सांग्रिला डेभलपमेन्ट बैंकका शाखाहरूले विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूका साथै आम नागरिकलाई वित्तीय साक्षरता सम्बन्धि जानकारी प्रदान गरेको छ । यसका साथै, बैंकको औचित्य ब्याजदर, कर्जा, रेमिट्यान्स, डजिटल बैंकिङ्ग, पिन नम्बर, ओटीपी तथा पासवर्ड र यसको सुरक्षाका साथै बचत, लगानी, तथा बैंकसँग कारोबार गर्दाका फाइदा लगायतका विषयमा तालिमहरू सञ्चालन गर्नुका साथै जनचेतनामूलक र्यालीहरू पनि आयोजना गरेको हो ।
यस अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सामाजिक सञ्जालबाट समेत चेतनामूलक विभिन्न श्रव्यदृष्य सामग्रीको प्रचार प्रसार गरिएको छ । ग्राहकहरूको प्रगाढ विश्वास र भरोसाले गर्दा यस सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक आगामी दिनमा आफ्नो सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले व्यक्त गरे ।