

आज हुने भनेको नेप्सेको सीईओको अन्तर्वार्ता समयमै सम्पन्न




काठमाडौं । आज हुने भनेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका दाबेदारहरुको अन्तर्वार्ता सम्पन्न भएको छ । बुधबार संक्षिप्त सूचीमा परेका पाँच जनाले व्यावसायिक कार्य योजना प्रस्तुती दिँएसँगै अन्तर्वार्ता समेत सम्पन्न भएको हो।
यता,सर्टलिस्टमा परेका पाँच जनाले व्यावसायिक कार्य योजना प्रस्तुत गरेको बेलामा नेप्सेको सीईओ पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि गत फागुन १२ गतेदेखि १८ गतेसम्म आवेदनका लागि सूचना आह्वान भएको थियो । सो मध्ये इच्छुक १० जनाले सुरुवाती चरणमा आवेदन दिएका थिए । अर्थ मन्त्रालयअन्तर्गत नेप्सेको सीईओ पदमा नियुक्तिका लागि गठित समितिको संक्षिप्त सूचीमा चूडामणि चापागाई, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम लिस्टमा परेको अवस्था छ।
साथै, व्यावसायिक कार्य योजना प्रस्तुतको आधारमा समितिले तीन जनाको मन्त्रिपरिषदमा पेस हुनेछ। सोही तीन जनामध्येबाट एक जना उत्कृष्टलाई मन्त्रिपरिषद्को बैठकबाट छनोट गरिने भएसँगै हाल नेप्सेको सीईओमा को आउँने हो भन्ने चासो बढ्न थालेको पाइन्छ ।