
राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ खिच्दै



काठमाडौं । आज राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ खिच्ने भएको छ । पछिल्लो अवस्थामा तरलता व्यवस्थापनका लागि नियमीत जसो मोटो रकम खिच्दै आएको राष्ट्र बैकले आज पनि सो रकम उठाउने भएको हो ।
बुधबार २१ दिनका लागि बजारबाट २५ अर्ब रुपैयाँ उठाउने भएको हो । उक्त रकमको साँवा तथा ब्याज बैंकहरुले चैत २७ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको अवस्था छ ।
साथै, बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ भन्नाले सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ। यस्तो अवस्था अझै केही समय चल्ने जानकारहरु बताउँछन् ।

