

करिब ८ अंकले घट्यो नेप्से परिसूचक




काठमाडौं । नेप्से परिसूचक घट्न पुगेको छ । मंगलबार परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ को बिन्दुमा पुगेको हो ।
यता, सेयर बजारमा ३ सय १३ कम्पनीको ८२ लाख ३७ हजार ९ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ।
त्यस्तै, ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ८६ रुपैयाँ पुगेको छ ।
साथै,आज एक कम्पनीको सेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको हो ।