

नेप्से परिसूचक ३२ अंकले घट्यो




काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । साताको तेस्रो दिन परिसूचक ३२ दशमलव २१ अंकले घटेको हो ।
यता, कारोबार बन्द हुँदा नेप्से परिसूचक २७१९ दशमलव २० विन्दुमा पुगेको बेलामा सोमबारको भन्दा १.१७ प्रतिशतले कम स्थानमा अडिएको छ। सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको देखिन्छ ।
साथै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २८ अंकले घटेर ४५६ दशमलव ४७ विन्दुमा पुगेको छ । सेयर बजारमा १३ उपसूचकमध्ये १२ उपसूचकको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको परिसूचकमा देख्न सकिन्छ।
सोही बेलामा परिसूचक घटेको दिन कारोबार रकम सामान्य बढेको छ भने अघिल्लो दिन ८ अर्ब ३७ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०३ कम्पनीका १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर ९२ हजार ३१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ। आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।