
सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुनको मूल्य तोलाको ३ हजार २०० रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख १६ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर तोलाको ४ हजार ९६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९७५ रुपैयाँ रहेको थियो ।

