
राष्ट्र बैंकले भन्यो-डिजिटल कारोबार गर्दा सावधानी अपनाउनु



काठमाडौं । विद्युतीय कारोबारमा चनाखो हुनु पर्ने भन्दै नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । ग्राहकरुको हितलाई मध्यनजर गर्दै डिजिटल बैंकिङ कारोबार गर्दा सुरक्षित नेटवर्कको मात्र प्रयोग गर्न आग्रह गरिएको हो।
हाल सार्वजनिक, निःशुल्क वा असुरक्षित वाइफाइ नेटवर्कमार्फत बैंकिङ कारोबार गर्दा वित्तीय विवरणमा अनधिकृत पहुँच पुग्न सक्ने भन्दै सचेत रहन सबैलाई अनुरोध समेत गरिएको छ ।
नेपाल राष्ट्र बैंकले वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा ह्याकर एवम् वित्तीय अपराधीहरूले असुरक्षित नेटवर्कको फाइदा उठाएर बैंकिङ विवरण चोरी गर्न सक्ने खतरा बढ्दो क्रममा रहेको बताएको हो । सोही कारण कुनै पनि पैविधीसँग सम्बन्धित कार्य गर्दा, कारोबार गर्दा आधिकारिक वेबसाइट वा एप्लिकेसन प्रयोग गर्नु पर्नेमा जोड दिइएको छ ।
साथै, पासवर्ड तथा पिन कोड समय÷समयमा परिवर्तन गर्दै विश्वसनीय तथा भरपर्दो नेटवर्क प्रयोग गरी कारोबार गर्न सुझाइएको अवस्था छ ।

