

प्रि-ओपन सेसनमा घट्यो नेप्से परिसूचक




काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक प्रि-ओपन सेसनमा लगभग २ अंकले घटेर र बन्द भएको छ । सोमबारको को प्रि-ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ९२ अंकले घटेर बन्द भएको हो ।
सोही प्रि-ओपन सेसनपछि नेप्से परिसूचक २७७० दशमलव १७ विन्दुमा पुगेको बेलामा सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६६ अंकले घटेर ४६२ दशमलव ६२ विन्दुमा पुगेको देखिन्छ।
आजको उक्त सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ । सोमबारको प्रिओपन सेसनमा ४३ कम्पनीका १० हजार ७५ कित्ता सेयर १०७ पटक खरिद बिक्री हुँदा १ करोड ६७ हजार २२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।