
एनएमबी बैंकमा फेरी अनुभवीलाई सीईओको नियुक्ती : बाहिरीए के.सी.,भित्रिए घिमिरे



काठमाडौं । अहिले एनएमबी बैंकले एक प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बिदाई गर्न नपाउँदै अर्को नयाँ सीईओ तोकिसकेको छ । बैंक-वित्तीय संस्थाहरुमा कार्यालयको मुख्य चाप सीईओमा नै निहीत हुने भएकाले पनि प्रमुख बागडोर सम्हाल्ने व्यक्ती अधिकांश चर्चामा नै रहने गर्छन् ।
ठिक यस्तै क्रमममा एनएमबी बैंकले सीईओ सुनिल के.सी.ले आफ्नो दुई कार्यकाल सकेर बिदा मागेसँगै गोविन्द घिमिरेलाई नयाँ सीईओमा नियुक्त गरेको हो। यद्यपी सो निर्णय बैंकको सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले प्रदान गरेको जनाइएको छ।
नेपालको बैंक वित्तीय संस्थामा राम्रो अनुभव कमाएका घिमिरेले आफ्नो बैंकिङ क्षेत्रको यात्रा सन् १९९५ बाट तत्कालीन नेपाल बंगलादेश बैंकबाट उदय गरेका हुन् ।
पढाईको हकमा उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक उपाधि हाँसिल गरेको अवस्थामा सन् २००९ देखि नै एनएमबी बैंकमा कार्यरत उनले वि.स. २०७९ असोज ११ गते डीसीईओ नियुक्त भएको बुझिएको छ ।
छोटो समयमा नै ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा राम्रो दक्षता हाँसिल गरेका घिमिरेले हाल सम्हाल्दै आएको डीसीईओ पद समेत सुदेश उपाध्यायलाई दिँदै वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतसम्म तोकिएको छ।
यस अघिका सीईओ केसीले एनएमबी बैंक सहित नेपाल बैंकर्स संघमा समेत आफ्नो राम्रो छवी स्थापित गर्न सफल भए । आगामी दिनमा नयाँ नियुक्ती पाएका सीईओ घिमिरेले समेत बैंकको गरिमालाई थप उचाईमा लैजाने विश्वास एनएमबी बैंक निकट स्रोत तथा संचालक समितिको रहेको छ ।

