
आज राति १२ बजेबाट डिजेल र मट्टितेलको मूल्य घट्ने



काठमाडौं । शनिबार सुरु भएसँगै (यही १२ बजे रातीबाट) डिजेल र मट्टितेलको मूल्य घट्ने भएको छ । उक्त निर्णय नेपाल आयल निगमको सञ्चालक समितिले आज आफ्नो बैठकमार्फत गरेको हो ।
सो निर्णयसँगै साविकको खुद्रा बिक्री मूल्यमा डिजेल र मट्टितेल लिटरमा एक रुपैयाँले घट्ने पक्का गरिएको छ।
यता, पेट्रोल, लगायत हवाई इन्धन र एलपी ग्यासको मूल्य भने परिमार्जन गरिएको छैन । प्राप्त जानकारी अनुसार हवाई इन्धन आन्तरिक तर्फ पोखरा तथा भैरहवाको ब्रेक इभन पोइन्टमा नै बिक्री मूल्य कायम राखिएको जनाइएको हो ।

