
दोस्रो क्वाटरको अन्त्यसम्म आईपुग्दा विद्युत् प्राधिकरणले कमायो ११ अर्ब ३६ करोड नाफा



काठमाडौं । दोस्रो क्वाटरको अन्त्यसम्म आईपुग्दा नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले यो अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको हो।
यता, विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनालगायतमा ५९ अर्ब, आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्ष निरन्तर नाफामा भएको अवस्थामा गएको आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । प्राधिकरणले नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरूमा लगानी गर्दै आएको देखिन्छ ।
त्यस्तै, प्राधिकरणले ६ महिनाको विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको भने समिक्षा अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट १ अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीबाट ५ अर्ब १६ करोड गरी ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद भएको छ ।
साथै, खरिद भएको विद्युतका लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरेको बेलामा गएको साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी भएको तथ्यांक सार्वजनिक गरिएको हो।
समिक्षा अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणका तर्फबाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको बेलामा वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको हो। त्यसरी नैगएको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको करकट्टी गर्नु अघि ११ अर्ब ३६ करोड रुपैयाँ नाफा देखिएको छ ।

