

३ जीवन बीमा कम्पनीले पशुपतिनाथ प्राङ्गणमा प्रदान गरे भोजन शिविर




काठमाडौं । आज महाशिवरात्री । अर्थात भगवान शिवसँग आस्था राख्ने जो कोहीलाई विषेश दिन । नेपाली हिन्दु शास्त्र अनुसार पनि आफ्नो कमाईको केही भाग दान वा पुण्य कार्यमा खर्च गर्नु पर्ने मान्यता रहिआएको पाइन्छ । ठीक यही बेलामा केही जीवन बीमा कम्पनीहरुले (हिन्दु नेपालीहरुको महत्वपूर्ण शक्तीपिठ) पशुपतीनाथ मन्दिर परिसरमा भोजन तथा पानी वितरण गरेका छन् ।
एलआईसी नेपालका सीईओ प्रणय कुमार, सोही कम्पनीका कम्पनी सचिव सुदर्शन गिरी लगायत बीमा क्षेत्रका अन्य उच्च पदस्थ कर्मचारीहरु समेत सेवा भावका साथ पशुपति परिसरमा सोही व्यवस्थापनमा सक्रिय रहेको देखिएको हो ।
विगतका पनि यसरी नै केही ठूला घराना र संस्थाहरुले तीर्थालु भक्तजन तथा आम-सर्वसाधारणहरुलाई लक्षित गर्दै खाना, पानी, प्रसादको व्यवस्था गर्दै आएका छन् ।