

जीवन बीमा कम्पनीहरुले संकलन गरे ९५ अर्ब ३८ करोड बढी बीमाशुल्क




काठमाडौं । यसपालिको माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९५ अर्ब ३८ करोड ६६ लाख संकलन गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्म सो रकम संकलन गरेको नेपाल बीमा प्राधिकरणले बताएको हो ।
हाल माघ महिनासम्मको अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरुले १ करोड ३४ लाख ७ हजार ४८ बीमालेख मार्फत उक्त बीमा शुल्क संकलन गरेको बेलामा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले २६ अर्ब रुपैयाँ भन्दा बढीको बीमाशुल्क आर्जन गरेको छ ।
यता,नेशनल लाइफ इन्स्योरेन्सले ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ बीमा शूल्क संकलन गरेको छ । त्यसरी नै एलआइसी नेपालले ११ अर्ब १७ करोड ९ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ।
समिक्षा अवधिमा हिमालयन लाइफले ९ अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको भने सूर्यज्योति लाइफ इन्स्योरेन्सले ५ अर्ब ९५ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
साथै, सोही अवधिमा सिटिजन्स लाइफले ३ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७९ करोड २५ लाख, सन नेपाल लाइफले २ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ र आइएमई लाइफले २ अर्ब ९० करोड ८२ लाख रुपैयाँको व्यवसाय आर्जन गर्न सफल भएका छन्।
यता एशियन लाइफले ५ अर्ब ७ करोड ८७ लाख रुपैयाँको बीमा शूल्क आर्जन गरेको छ भने मेट लाइफले ३ अर्ब ३७ करोड ५२ लाख रुपैयाँको व्यवसाय गरेको छ ।
साथै, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड ९६ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड ८९ लाख रुपैयाँको बीमा व्यवसाय गरेको हो।