

एलआइसी नेपालले बाढ्यो अवितरित हकप्रद सेयर




काठमाडौं । भारत सरकारको समेत लगानीमा संचालित नेपालको पुरानो तथा स्थापित जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आफ्नो अविरित हकप्रद सेयरको शिलबन्दी बोलपत्रको बाँडफाँड गरेको छ । जीवन बीमा कम्पनीले दिएको जानकारी अनुसार सोमबार लिसारा बैकेट, नक्साल भगवति बहाल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र खोल्ने कार्य सम्पन्न भएको हो ।
यता, कम्पनीले १ सेयर बराबर ०.८८४५१६८ शेयर भन्नाले १ कित्ता साधारण सेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता साधारण सेयरको अनुपातमा हकप्रद शेयर मिति २०८१र०८र१२ गते देखि मिति २०८१र०९र१७ बिक्री खुला गरी आवेदन माग गरेको थियो । सोही सेयरमा ४९२,५७७ कित्ता शेयर आवेदन नपरेकाले प्रचलित कानून तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दफा २१ र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को दफा १५ समेतको प्रावधानलाई आधार मानी उक्त शेयर लिलाम बढाबढबाट खरीद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरिद गर्न सक्ने गरी माघ १४ गतेदेखि बिक्री खुल्ला गरेको अवस्था थियो।
हाल सोही सेयर माघ २१ गते देखि फागुन ५ गते बैंकिङ समय सम्म बोलपत्रहरु बिक्रि प्रबन्धक नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको कार्यालय लेखनाथमार्ग, ठमेल काठमाडौं तथा एलआईसी नेपालको हेड अफिस लगायत शाखा कार्यालयहरु,विरगञ्ज , विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज , सुर्खेत तथा धनगढीमा रहेका शाखामा प्राप्त हुन आएका १७९९ बोलपत्रहरु सोमबार काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र खोल्ने कार्य सम्पन्न भएको अवस्था छ।
एलआईसी नेपालका अनुसार बोलपत्र आवेदनमा सबै भन्दा बढी ११ सय रुपैयाँ प्रति सेयर मूल्य र सबैभन्दा कम सय रुपैया कबोल भएको हो। सोही बोलपत्र आवेदकहरु मध्य सबै भन्दा बढी बोलकबोल गर्ने बोलपत्र बाट क्रमश ४९२,५७७ कित्ता शेयर बाँडफाँड गर्दा १०२२ रुपैयाँ आवेदन फारम रुजु गर्दा अन्तिम मूल्य केही फरक पर्न सक्ने, न्यूनतम मूल्य निर्धारण भएको कम्पनीको प्रधान कार्यालयले जानकारी दिएको छ ।