
बैंक वित्तमा जम्मा भएको निक्षेप ६७ खर्ब ३२ अर्ब पुग्दा ५४ खर्ब ३९ अर्ब कर्जा प्रवाह



काठमाडौं । हाल बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम ६७ खर्ब ३२ अर्ब पुगेको तथ्यांक सार्वजनिक भएको छ । उक्त तथ्यांक नेपाल राष्ट्र बैंकको फागुन २ गतेसम्म वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीमा गरेर निक्षेप संकलन ६७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको जनाइएको हो ।
यता निक्षेप नेपाल राष्ट्र बैंकले पछिल्लोपटक अद्यावधिक गरेको विवरणअनुसार २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रिय स्तरका समेत गरी १७ वटा विकास बैंक तथा १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको हुन्।
हाल बैंकिङ क्षेत्रमा कायम रहेको कुल निक्षेप रकममध्ये वाणिज्य बैंकहरूमा मात्र ६० खर्ब ३ अर्ब रुपैयाँ निपेक्ष रहेको बेला सोभन्दा बाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम ७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार बैंकहरु क्षेत्रले हालसम्ममा ५४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने सो कर्जामध्ये वाणिज्य बैंकहरूको कुल कर्जा रकम ४८ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम ६ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रमा हाल कायम रहेको निक्षेप तथा कर्जा अनुपात सिडी रेसियो भने ७९.४८ प्रतिशत कायम रहेको अवस्था छ ।
उक्त तथ्यांक अनुसार बैंकिङ क्षेत्र अहिले पनि ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने क्षमता देखिन्छ भने क्षमता भएर पनि बजारमा अहिले कर्जाको माग नहुँदा वित्तीय क्षेत्रमा पछिल्लो समय अधिक तरलता बढ्दै गइरहेको पाइन्छ ।
अहिले अन्तर बैंकिङ ब्याजदर ३ प्रतिशत रहेको बेलामा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि अल्पकालीन अवधिको निक्षेप उपकरण जारी गरेर अधिक तरलता खिच्दै आएको छ ।
साथै,हिजो केन्द्रीय बैंकले बजारबाट ४० अर्ब रुपैयाँ खिचेको विषयले चर्चा पाएको थियो।

