वन कभर र लिबर्टी कलेजले गरे साइबर सुरक्षा हेल्प डेस्क सम्बन्धि सम्झौता
काठमाडौं । साइबर सुरक्षा सम्बन्धि काम गर्दै आएको कम्पनी वन कभर प्राइभेट लिमिटेड तथा युवापुस्ता माझ लोकप्रिय ग्लोबल कलेजको ओनरसिपमा रहेको लिबर्टी कलेजले साइबर सुरक्षा हेल्प डेस्क स्थापना का लागि एक सम्झौता सम्पन्न गरेका छन् ।
सो सम्झौतामा वन कभरको तर्फबाट सीईओ चिरञ्जीवी अधिकारी र लिबर्टी कलेज तथा यसको मातृ कम्पनी ग्लोबल कलेजका शैक्षिक निर्देशक डा. देवराज पनेरुले संयुक्त रुपमा हस्ताक्षर समेत गरे ।
यता पोखरा विश्वविद्यालय (पि.यू.) अन्तर्गत आवद्ध रहेको लिबर्टी कलेज बीसीएसआईटीबाट आईटी कार्यक्रम सुरु गरेको जनाइएको छ । कार्यक्रमले कलेजमा साइबर सुरक्षा जागरूकता, शिक्षा, र घटनाको व्यवस्थापनलाई उल्लेखनीय रूपमा बढ्वा दिने बताइदै सोही सहकार्यले लिबर्टी कलेज र विशेष गरी यसको विद्यार्थी समुदायका माझ स्मार्ट डिजिटल वातावरण प्रदान गरिने जनाइएको छ।
सोही समारोहमा लिबर्टी कलेजका कार्यकारी निर्देशक नवराज भण्डारी, प्रध्यानाध्यापक प्रदीप पराजुली, आईटीका शैक्षिक प्रमुख डा. समीर खरेल र लिबर्टी कलेजका सदस्यहरुको सामूहिक उपस्थिती रहेको थियो ।