
आइएमई लाइफद्वारा कात्तिकमा १ करोड ८१ लाख बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक महिनामा मात्रै बीमा दाबीमा १ करोड ८१ लाख ७७ हजार ६३२ रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न तीन प्रकारका बीमालेखअन्तर्गत परेका दाबीको भुक्तानी गरेको हो।
कम्पनीले कन्भेन्सनल पोलिसीअन्तर्गत ९ वटा दाबीमा ४५ लाख ४१ हजार ४७९ रुपैयाँ, फरेन इम्प्लोयमेन्ट पोलिसीअन्तर्गत ५ वटा दाबीमा ६८ लाख रुपैयाँ र माइक्रो टर्म पोलिसीअन्तर्गत ४४ वटा दाबीमा ६८ लाख ३६ हजार १५३ रुपैयाँ भुक्तानी गरेको छ।


