
युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरको हाता खाली बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।
कात्तिक ३० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । यसका साथै सो बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।


