
सुनचाँदीको मूल्यमा उच्च गिरवाट, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा दशैं पछिको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा भारी गिरवाट देखिएको छ । आइतबार सुनको मूल्य ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँ पुगेको छ । गत कात्तिक २ गते नेपाली बजारमा सुनको मूल्य २ लाख ९० हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २३० रुपैयाँले घटेर तोलाको ३ हजार ९५५ रुपैयाँ पुगेको छ । गत कात्तिक २ गते चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ रहेको थियो ।


