
१३ जलविद्युत् कम्पनीको लाभांश, कसको कति ?
काठमाडौं । चालु आर्थिक वर्षका लागि नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीहरूले आफ्ना सेयरधनीहरूलाई दिन लाभांश घोषणा गर्ने क्रम सुरु गरेका छन्। हालसम्म १३ वटा जलविद्युत् कम्पनीले बोनस र नगद लाभांशको प्रस्ताव सार्वजनिक गरेका छन्।
विवरण अनुसार माउन्टेन इनर्जी नेपाल लाभांश घोषणामा सबैभन्दा अब्बल देखिएको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। त्यसैगरी, कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस सेयर र ०.९४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने सुपर मादी र मिड सोलु हाइड्रोपावरले समान १५.७८९ प्रतिशत लाभांश दिने भएका छन्।
यसैक्रममा सिकलेस हाइड्रोपावरले १२.७१ प्रतिशत बोनस सेयर र ०.६६९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । माण्डु हाइड्रोपावरले १२ प्रतिशत, तथा स्नो रिभर नेपाल र विकास हाइड्रोपावरले समान १०.५२६ प्रतिशत लाभांश घोषणा गरेका छन्। अन्य कम्पनीहरूमा युनाइटेड मर्दी एन्ड आरबी र अरुण भ्यालीको समान ५.२६ प्रतिशत, विद्याबासिनीको ५.२६३२ प्रतिशत, सानिमा मिडल तमोरको ५.२६३ प्रतिशत र बरुण हाइड्रोपावरको ५ प्रतिशत लाभांश प्रस्ताव रहेको छ।


