
सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ७०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९८ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको ४ हजार ६५५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ६२० रुपैयाँ रहेको थियो ।


