
सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ५०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९८ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९९ हजार १०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर तोलाको ४ हजार ६२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ६५० रुपैयाँ रहेको थियो ।


