
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले तथा वित्तीय संस्थाहरूलाई मोबाइल बैंकिङ्ग एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषका रकम जम्मा गर्न मिल्ने छुट्टै विकल्प राख्न निर्देशन दिएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बैंक तथा बित्तिय संस्थालाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा खोलिएका ‘प्रधानमन्त्री राहत कोष’ खाताहरूमा सहज रूपमा रकम पठाउने व्यवस्था मिलाउन उक्त निर्देशन दिएको हो।
यसअघि मोबाइल बैंकिङ्ग एपमार्फत क्यूआर कोड (QR Code) स्क्यान गरेर वा अन्तरबैंक फण्ड ट्रान्सफर गरी रकम पठाउने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र् बैंकले सहयोग दाताले एपभित्र सोझै रकम प्रविष्ट गरी तोकिएका राहत कोष खाताहरूमा रकम पठाउन सक्ने गरी छुट्टै विकल्पको व्यबस्था गर्न भनेको हो ।

