

बिग मर्जरबाट स्थापित हिमालयन लाइफ इन्स्योरेन्सले, दोहोरो अंकको प्रतिफल दिँदै




काठमाडौँ । बिग मर्जरबाट स्थापित हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरुलाई दोहोरो अंकको प्रतिफल प्रदान गर्ने भएको छ । कम्पनीले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यता कम्पनी सञ्चालक समितिको पुष ४ गते बसेको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनश शेयर प्रस्ताव गर्ने निर्णय गरेको छ । प्रचलित कानुनी व्यवस्था बमोेजिम बोनश शेयरमा लाग्ने कर बापतको रकम स्वयं शेयरधनीहरुले भुक्तानी गर्नुपर्ने प्रस्ताव कम्पनीले गरेको जनाइएको छ ।
बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसधाबाट पारित भएपश्चात उक्त प्रस्तावित लाभांश शेयरधनीहरुले हात पार्ने प्रावधान रहदै आएको छ ।
कम्पनीले कायम चुक्ता पुँजी ८ अर्ब रुपैयाँको १४ प्रतिशतले हुन आउँने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७ सय ४ रुपैयाँ वितरण गर्ने कम्पनी सचिव ईश्वर कुमार सेडाईले जनाएका छन् ।
सो जानकारी नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पनि उपलब्ध छ ।