
प्रि ओपन सेसनमा सामान्य अंक बढ्यो नेप्से

काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ०.२६ अंक घटेर २६२२.२२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७४ अंक बढेर २६२२.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१९ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५१ स्टकको १०० पटकको कारोबारमा ७५ लाख २३ हजार ९६० रुपैयाँ १० पैसाबराबरको १७ हजार ७७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

