
लगानी बोर्ड सीईओमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्यावलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्ड सीईओमा याङ्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा उनलाई लगानी बोर्डको सीईओ नियुक्त गरिएको हो । दुई दर्जन बढीले लगानी बोर्ड सीईओमा आवेदन दिएका थिए । लगानी बोर्ड सीईओ नियुक्तिका लागि सिफारिस समितिले तीमध्ये ८ जनाको नाम संक्षिप्त सूचीमा राखेको थियो ।
त्यसपछि समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणपछि याङ्की, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो । तीमध्ये याङ्कीलाई सरकारले सीईओ नियुक्त गरेको हो ।

