
यूनाईटेड अजोडका सीईओ भट्टराईद्धारा राजिनामा

काठमाडौं । निर्जीवन बीमा क्षेत्रको एक अब्बल कम्पनी यूनाईटेड अजोड इन्स्योरेन्सबाट बीमा क्षेत्रका अनुभवि प्रमुख कार्यकारी अधिकृत सीईओ नारायण कुमार भट्टराई अलग्गिएका छन् । कम्पनीमा जोडिएको कम्तीमा ६ महिना नपुगि उनी अलग्गिएका हुन् ।
कुनै पनि बीमाका सीईओलाई ६ महिनको कुलिंग पिरीयड लागू हुन्छ । पछिल्लो समय देखिएको यस्ता टकरावले बीमाका सीईओहरुले कुलिंग पिरीयड जति पनि आफ्नो कार्यकाल धान्न नसक्नुले ठूलो प्रश्न चिन्ह खडा गरेको छ ।
कम्पनीले पनि नयाँ सीईओ नियुक्तीका लागि विभिन्न कसरत गरि रहेको सूचना प्राप्त भइरहेको बेलामा नव नियुक्त सीईओ भट्टराई छोटो समयमा बाहिरीएका हुन् ।
नेपाली बीमा बजारमा तत्कालिन यूनाईटेडको इतिहासमा सीईओले कार्यकाल पूरा गर्न अलि हम्मे हम्मे नै हुने चर्चा हुने गरेकोमा मर्जरपछि समेत सो रोग निको नभएको हो ।
यस अघि यूनाईटड अजोडको सुरुवातमा कुमार बहादुर खत्री सीईओ थिए, त्यसपछि बीमा क्षेत्रका अनुभवि स्व. श्रवण रावल सीईओ बने ।
त्यस्तै, जीवन बीमा कम्पनी एलआईसी नेपाल, तत्कालिन गुराश लाइफ समेतको अनुभव बटुलेका उनैै भट्टराई सीईओ बने ।
यूनाईटेड अजोडले रेना रिजाललाई एक्टिंग सीईओ समेत बनाएको छ भने यस अघि यूनाईटेड अजोडको डीसीईओको जागिरमा नेपाल रीका पूर्व सीईओ सुरेन्द्र थापा समेत आवद्ध भए ।
यस हिसाबले हेर्दा यूनाईटेड अजोडमा प्रमुख कार्यकारी अधिकृतको अभाव भएको हो वा भएका प्रमुख कार्यकारी अधिकृतसँग कम्पनीको समन्वयमा समेत अभाव खड्किएको हो भन्ने ठूलो विषय समेत खडा हुने गरेको छ ।
यद्यपी कार्यकालको चार महिले अवधिमै यूनाईटेड अजोडका सीईओ भट्टराईले राजिनामा दिएका छन् ।

