
मधेसको अवस्था बुझ्न जेनजी अगुवा रवि किरण हमाल मधेस जाँदै

काठमाडौं, साउन १७ – जेनजी आन्दोलनका अगुवा रवि किरण हमाल मधेस प्रदेशको पछिल्लो सामाजिक, सुरक्षा तथा साम्प्रदायिक अवस्थाबारे प्रत्यक्ष जानकारी लिन मधेस भ्रमणमा निस्किएका छन् ।
हमालले मधेसका विभिन्न जिल्लामा पुगेर स्थानीय नागरिक, युवा, नागरिक समाज, जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले विकसित घटनाक्रमको वास्तविक अवस्था बुझ्ने, स्थानीय समुदायका धारणा सुन्ने तथा शान्ति, सामाजिक सद्भाव र विधिको शासन सुदृढ बनाउन आवश्यक सुझाव संकलन गर्नेछन्।
पछिल्ला दिनहरूमा मधेसका विभिन्न जिल्लामा विकसित घटनाले राष्ट्रिय बहस सिर्जना गरिरहेका बेला हमालको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। उनले समस्याको समाधान संवाद, न्याय र आपसी विश्वासका आधारमा खोजिनुपर्ने धारणा राख्दै आएका छन्।

