
प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । पूर्वमा घटेको पछिल्लो घटनामा छानविन समिति समेत गठन भएको उनले सुनाए । सोही समितिले जो कोहीलाई समेत दोषी भएमा कारबाही गरिने बताएका हुन् ।
सामाजिक संजालनमा समेत अफवाह नफैलाउन उनले निर्देशन दिएका छन् । सुन्दर र शान्त नेपाली आकाशमा मडारीएको कालो बादल हटाउनु पर्ने उनले बताएका छन् ।
सुनसरीको देवानगंज, सिरहा लगायतका घटनाका जय प्रकाश मेहता, ओम प्रकाश मेहता लगायतलाई उनले मौखिक श्रदान्जली दिए।
घटनालाई थप बढ्न नदिन सरकारको पक्षबाट पहल भएको उनले बताए । प्रत्येक नागरिको ज्यू, धनको रक्षा गर्ने राज्यको दायित्व हो भन्दै उनले सदिऔ पुरानौ भाईचारामा खलल पुर्याएमा कडा कदम चालिने बताए ।
सरकारले संवैधानिक नियम अनुसार करुणा, शान्तीलाई नै जोड दिने तथा प्रतिशोधका आगो नफैल्याउनु पर्नेमा जोड दिए ।
उनले कठिन भन्दा कठिन अवस्थामा आपसी एकता आवश्यक रहेको बताए ।
मधेरीमा समेत सम्बोधन :
उनले मधेशमा द्धन्द फैदिएको बेलामा मधेशको लोकल भाषामा समेत शान्ती कायम राखौ भन्ने अपिल गरेका हुन् ।

