
लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कैलालीबाट पाँच, बाँके र गोरखाबाट चार/चार, सुनसरी र काठमाडौँबाट दुई/दुई, झापा, बर्दिया, उदयपुर, धनुषा, महोत्तरीबाट एक/एक जना पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन बरामद गरेको जनाइएको छ ।

