
सर्वोच्चले तेस्रो पटक आदेश जारी गर्दै भन्यो : सम्पत्ति छानबिनको सबै काम तत्काल रोक्नू

काठमाडौं । सरकारले सुरु गरेको सम्पत्ती छानविनको काम पूर्ण रुपमा प्रभावित हुने भएको छ । सर्वोच्च अदालतले नै सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
यता, न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगको कामकारबाही रोक्नू भनी अन्तरिम आदेश जारी गरेको बेलामा अदालतले गत शुक्रबार पनि सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश दियो।
सोही आदेशमा अस्पष्ट भएको बेलामा आयोगले पूर्वन्यायाधीश र पूर्वसैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहने बताइएको थियो।
अब भने त्यस्तो सूचनाविरुद्ध नै अधिवक्ता मनीराम उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दिएसँगै तत्कालका लागि सबै किसीमका सम्पत्ति विवरणको छानविन रोक्किने भएको हो ।

