
एमालेले सभामुखलाई हाकाहाकी भन्यो : तपाईले पाँच वर्ष चलाउँदैन, हामीले खुट्टी हेरिसक्यौं

काठमाडौं । बुधबार चलेको प्रतिनिधि सभा बैठक हाल केही समयकालागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्याललाई एमाले सांसद राजेन्द्र राईले आज २ पटक प्रश्न उठाएका हुन् ।
सुरुवातीमा उनले सभामुख अर्याललाई हाम्रो सभामुखले कान सुन्नु हुन्छ ? भन्ने प्रश्न गरेका थिए । त्यस लगत्तै उनको माइक काटिएको थियो ।
सोही बेलामा सरकार पक्षबाट ज्याला संग्रौलाले सभामुखको आचरणमा अप-व्याख्या गर्न नहुने र एमाले नेता राईको भनाई रेकर्डबाट हटाउन वा इतिहासमा यस्ता पनि सांसद छन् भन्ने जनाउन मात्रै उनको भनाई राख्ने वा नराख्ने कार्य दर्ज हुनु पर्ने धारणा राखिन् ।
लगत्तै विपक्षि सांसदहरुले एकै पटक उठेर विरोध जनाउन सुरु गरे । यता सभामुखले आफ्नो भनाईको बारेमा स्पष्ट पार्न एमाले नेता राईलाई मौका दिए ।
सोही क्रममा एमाले नेता तिनै राईले झन खरो रुपमा प्रस्तुती जनाउँदै भने, तपाईले यस्तरी पाँच वर्ष चलाउँदैन, हामीले खुट्टी हेरिसक्यौ ।
उनले सभामुखले कसले के बोल्न लागेको हो भन्दै माइक नै काट्न तम्सिनु, रिसाउनु लगायतका विषयले विपक्षीको विरोध गर्ने नै शैलीमा केही अवरोध भयो भन्ने मानेको देखिन्छ ।
यता, सोही क्रममा समामुख अर्यालले भने एक्कासी प्रतिनिधि सभाको बैठक नै १५ मिनेटका लागि स्थगित गर्नु पर्ने अवस्था सिर्जना भयो ।
विपक्षि दल एमालेले बेला बेलामा समाभुखलाई समेत पार्टीको जस्तो नभई पूरा संसदकै सभामुखको रुपमा काम गर्नु पर्ने लगायतका गम्भिर आरोप समेत लगाउँदै आएको अवस्था छ ।

