

सानिमा क्यापिटललाई बिक्री प्रबन्धक राखेर आइपीओ ल्याउँदै जस्मिन पेन्ट्स




काठमाडौं । सर्वसाधारणहरुका लागि विभिन्न कम्पनीहरुद्धारा प्राथमिक साधारण सेयर (आइपीओ) जारी गर्ने लहर नै चलेको बेलामा जस्मिन पेन्ट्स लिमिटेडले समेत आफ्नो आइपीओ ल्याउँने भएको छ। कम्पनीका अनुसार फेसभ्यालुमा सय रुपैयाँ प्रति शेयर अंकित मूल्य दरमा ५ लाख कित्ताले हुन आउने रकम ५ करोड रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा जारी हुने भएको हो ।
यता आइपिओ जारी गर्न कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा तोकेको छ भने जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) भिष्मराज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसायअन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आइरहेको जनाइएको छ ।
जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूहअन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्षदेखि फ्याब्रिकेसन व्यवसायअन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरी आफ्नो कारोबार र बजार विस्तार गर्दै आइरहेको कम्पनीले जानकारी दिएको हो।