
७९ दिनका लागि ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले बुधबार ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । ७९ दिनको लागि ७० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेपको व्यजदर भने बोलकबोलको मध्यमबाट हुनेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि कुल आह्वान रकमसम्म बोल गर्न सकिने छ ।
निक्षेप संकलन उपकरणको बोलकबोल नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र “क”,”ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुने पाउने छन् । निक्षेप संकलनको लागि गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजसरलाई पहिलो प्रथामिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने छ । समान ब्यजदर उल्लेख भएको बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि भादै २६ गतेलाई तोकिएको छ ।

