
लाभांश पारित गर्ने प्रस्तावको एजेण्डा सहित नागरिक लगानी कोषको साधारणसभा बस्दै



काठमाडौं । लाभांश पारित गर्ने प्रस्ताव सहित आजै नागरिक लगानी कोषले साधारण सभा डाकेको छ । कोषको २९औं सभा आजै बस्ने गरी गत असार ९ गते सञ्चालक समितिले निर्णय गरेको थियो । सभा भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहानको ११ बजे सम्पन्न हुनेछ।
संचालक समितिको निर्णय अनुसार गएको आर्थिक वर्षको आम्दानीबाट १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गरिने छ । सोही आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण सभाले विस्तृत छलफल गर्दै संचलाकको तर्फबाट एक–एक जना प्रतिनिधि नियुक्त समेत गरिनेछ।
यस अघि असार २० गते नै बुक क्लोज गरिसकेको र असार १९ गतेसम्म कारोबार गरेका शेयरधनीले लाभांश पाउँन योग्य हुने जनाइएको छ।


