प्रति तोला सुनको मूल्यमा १५ सयको गिरावट
काठमाडौं । साताको पहिलो दिन आईतबार सुनको मूल्यमा गिरावट आएको छ । यस अघि २ हजार रुपैयाँले बढेको कारोबार बन्द भएको थियो भने आज साताको सुरुवाती दिनमा नै सुनको कारोबारमा १५ सयले घट्न पुगेको अवस्था छ।
यता नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
साथै, चाँदीको मूल्य स्थिर रहेको बेलामा प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा चाँदीको किनबेच भइरहेको महासंघले जानकारी दिएको छ। चाँदीको मूल्यमा भने कुनै फेरबदल देखिएको छैन ।