
सुनचाँदीको मूल्य सामान्य बढ्यो, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ४०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख १० हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर तोलाको ५ हजार ४०५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ३५५ रुपैयाँ रहेको थियो ।


