सूर्योदय वोमी लघुवित्तको एफपीओ साउन ४ गतेबाट आउने
काठमाडौं । आगामी साउन ४ गतेदेखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने पक्का गरेको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ जारी गर्ने जानकारी दिएको हो ।
त्यस्तै, साविक सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसामा संस्थापक शेयरधनीको स्वामित्व ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९ दशमलव ६४ प्रतिशत छ भने राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिंदा दिएको निर्देशन अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने अवस्था सिर्जना भएको हो । सोही कारण सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी हुने भएको छ।
फेस भ्यालु सय रुपैयाँका दरले एफपीओ निष्काशन हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता शेयरको माग सहित आवेदन दिन सक्नेछन्
कम्पनीका अनुसार एफपीओमा पूर्ण परेमा साउन ८ गते नै निष्काशन बन्द गरिनेछ र नरेको अवस्थामा साउन १८ गतेसम्म निष्काशन मिटि लम्ब्याईने छ । बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड तोकिसकेको अवस्थामा कम्पनीले लगानीकर्ताहरुले राम्रै सहभागीताह हुने विश्वास लिएको छ ।