
एनआईएमबि बैंकको निमित्त सीईओमा महेश शर्मा



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी महेश शर्मा ढकाललाई दिएको छ । बैंकको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत शर्मालाई निमित्त सीईओको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका कारण निजले सम्पादन गर्ने सम्पूर्ण कार्य गर्ने गरी शर्मालाई जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।


