
सूर्योदय वोमी लघुवित्तको सीईओमा प्रमेश आचार्य नियुक्त



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रमेश आचार्य नियुक्त भएका छन् । कम्पनीको वैशाख २७ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उनको कार्यकाल जेठ १ गतेदेखि लागु हुनेछ । उनको कार्यकाल ४ वर्षको रहने छ।
यस अघि उनी कम्पनीकै कामु सीइओ थिए ।


