
ग्लोबल आइएमई बैंकको सेयर बिक्रीमा, सबैले किन्न पाउने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।
यसअघि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै सेयर खरिद गर्ने पाउने गरी ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्रै कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।
अब उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख २५ गते) ले ३५ दिन भित्रै आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौँमा दिन सकिने जनाइएको छ ।


