
मातृभूमि लघुवित्तको सीईओमा बखत बहादुर बटाला नियुक्त



काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बखत बहादुर बटाला नियुक्त भएका छन् । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले बटालालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको नियुक्ति (आज) वैशाख २४ गतेदेखि लागू हुने गरी ४ वर्षको कार्यकाल रहने छ ।


