
धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा हेमराज जोशी नियुक्त



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा हेमराज जोशी नियुक्त भएका छन्।
संस्थाको २०८३ वैशाख १४ गते सोमबार बिहान ८ बजे बसेको सञ्चालक समितिको ४८ औं बैठकले जोशीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिको निर्णयअनुसार नवनियुक्त सीईओ जोशीको कार्यकाल नियुक्ति भएकै मिति अर्थात् वैशाख १४ गतेदेखि नै लागू हुनेछ। रिक्त रहेको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले संस्थाको आगामी व्यावसायिक यात्रालाई अगाडि बढाउने छन्।


