
ग्लोबल आईएमई बैंक नास आईटीको दीगो साझेदार बन्न सफल
काठमाडौं । ग्लोबल आईएमई बैंकलाई नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले (सस्टेनेवल पार्टनर) दीगो साझेदार घोषित गरेको छ । सो साझेदारीले नास आईटीको उद्योग बीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक सहकार्य मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको संकेत गर्ने जनाइएको हो।
यही साझेदारीमार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त हुने विश्वास लिइएको छ। नास आईटी मार्फत् बैंकको डिजिटल बैंकिंग र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन् भने नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त हुनेछन्।
ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दीगो कोषलाई सहयोग गर्ने पहिलो दीगो साझेदार बनेको छ। नास आईटीले प्रमुख साझेदारहरूसँग साझेदारी गर्न, नवाचार र अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन गर्न, शिक्षा र सीप विकासलाई प्रवर्द्धन गर्न, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दीगो कोष सुरू भएको हो।
नास आईटीको परिचय
नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य सहित स्थापना भएको आईटी कम्पनीहरूको गैरनाफामूलक छाता संस्था हो। स्थापना कालदेखि नै संस्थाले नेपालको आईटी क्षेत्रलाई अगाडि बढाउन नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्वृधि र नीति पैरवीमा काम गर्दै आएको छ।
ग्लोबल आईएमई बैंककै बारेमा
ग्लोबल आईएमई बैंक नेपालमा एक प्रमुख वित्तीय संस्था हो जसले रणनीतिक वित्तीय पहलहरू मार्फत आर्थिक विकासलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ। उद्योग बीचको सहकार्य र प्राविधिक प्रगतिलाई समर्थन गरेर ग्लोबल आईएमई बैंकले नेपालमा एक सशक्त र गतिशील प्राविधिक पारिस्थितिको सिर्जनामा योगदान पुर्याउने लक्ष्य लिइएको छ।


